Incident Reports

कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत भेटिए, हत्याको आशंका

2021-07-17

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 4

२ साउन, धनगढी । कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ । प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments