Incident Reports

जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ – देशसञ्चार

2021-07-18

Madhes, Parsa, Thori, Ward 5

वीरगञ्ज – १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई पक्राउ गरेको हो।

पक्राउ परेका परियारले आफ्ना छोराहरूसँग पीडित किशोरी खेल्न आएको मौका छोपी बालिकालाई घरभित्र लगी जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ।किशोरीको शारीरिक र मानसिक व्यवहारमा अस्वाभाविक परिवर्तन भएको महसुस भएपछि उनका अभिभावकले सोधपुछ गर्दा जबर्जस्ती करणी भएको खुलेको थियो।

जबर्जस्ती गरेको भनी पीडित किशोरीका अभिभावकले प्रहरीमा दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका उनलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको खनालले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments