Incident Reports

दाइजोको निहुँमा घर निकाला l

2014-07-22

Madhes, Rautahat, Gadhimai

रौतहट, श्रावण ७ - दाइजोको निहुँमा २ छोरीकी आमालाई श्रीमान्सहित परिवारका सदस्य मिलेर घरनिकाला गरेका छन् । विवाहको ७ वर्षपछि दाइजो नल्याएको भन्दै यातना दिइएको हो । उनले न्यायका लागि प्रहरीमा उजुरी गरेकी छन् । समनपुर १ का मदन गुप्ता बानियाँले २५ वर्षीया श्रीमती सुनितादेवीलाई सोमबार निर्घात कुटेर घरनिकाला गरेका हुन् । सुनिताको ०६३ मा विवाह भएको थियो । उनका दुई छोरी छन् । विवाहमा कबोल गरे अनुसारको दाइजो नदिएको र अनुहारसमेत राम्रो नभएको निहुँ गर्दै आफूलाई निकाला गरेको उनले बताइन् । बिहान श्रीमान् मदन र ससुरा रामजोधी साहले एक्कासि घाँटी थिचेर मार्न खोजेको उनले आरोप लगाइन् । घरपरिबारबाट सधैं यातना सहँदै आए पनि मार्ने अवस्थामा पुगेपछि न्यायका लागि गरुडामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा निवेदन दिएको उनले बताइन् । विवाहको ७ वर्ष बितिसक्दा पनि श्रीमान्ले विवाह दर्ता र नागरिकता प्रमाणपत्र तथा छोरीको जन्म दर्तासमेत नगरी आफूलाई घरनिकाला गर्न खोजेको सुनिताले निवेदनमा उल्लेख गरेकी छन् । सेवा केन्द्रले घटनाका बारेमा अनुसन्धान गर्ने जनाएको छ । महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा घरेलु हिंसाका ९७ वटा घटना भएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis