Incident Reports

हिन्दु राज्य र राजतन्त्र पुन:स्थापनाकाे माग गर्दै काठमाडाैँमा प्रदर्शन

2021-07-19

Bagmati, Kathmandu, Kathmandu

काठमाडाैँ – हिन्दु राष्ट्र कायम गरि राजतन्त्र पुनःस्थापनाकाे माग राख्दै काठमाडाैँमा प्रदर्शन भएकाे छ।

राष्ट्रिय शक्ति नेपालकाे आयाेजनामा महेन्द्रशालिक दरबारमार्ग अगाडिबाट प्रदर्शन सुरु भएकाे हाे।

उक्त प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहित प्रवक्ता अनिल याेगी, नेपाली कांग्रेसका नेता बिपिन काेइरालासहित सहभागी थिए।बाजागाजासहित सुरु भएकाे र्‍याली महेन्द्र शालिक हुँदै घण्टाघर,रत्नपार्क,भाेटाहिटी,असन, ईन्द्रचाेक हुँदै बसन्तपुर पुगेर काेण सभामा परिणत भएकाे छ।

प्रदर्शनमा ‘राष्ट्रिय शक्ति नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्याराे छ, मेची काली हल्ला छ! राजा ल्याउने सल्लाह छ, नेपाली जनता के भन्छ! राजतन्त्र ले भन्छ, हिन्दु राज्य कायम गर, राजसंस्थाकाे पुनर्वहाली गर’ लगायतका नारा लगाइएकाे थियाे।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments