Incident Reports

कुमारी आमाले सन्तान जन्माएपछि बलात्कारको घटना बाहिरियो | Ratopati

2020-10-21

Lumbini, Palpa, Tansen

पाल्पाको तानसेन नगरपालिकाकी एउटी अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको तथ्य प्रकाशमा आएको छ ।अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् । तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार ती महिलालाई तानसेन नगरपालिकाकै  ४४ वर्षीय अजुर्न विकले बलात्कार गरेका थिए । बलात्कृत महिलाले गर्भधारण गरे पनि लामो समय घटना प्रकाशमा आउन सकेको थिएन ।बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए ।सोधखोजपछि उनले १० महिनाअघि आफू बलात्कृत भएको खुलासा गरेपछि प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped n/a
National/Online Media

0 Comments