Incident Reports

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला : RajdhaniDaily.com

2021-07-20

Madhes, Rautahat, Chandrapur

रौतहट । एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन गरेका छन् ।मंगलबार साझ युवा संघका कार्यकर्ताहरुले एकोहोरो शंख बजाउदै नेता नेपालको पुत्ला जलाएका थिए । युवा संघ नेपालका कार्यकर्ता तथा अनेरास्ववियुका बिद्यार्थीहरुले नेता नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए । आफनो पार्टीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अन्र्तरघात गरेको उनीहरुको आरोप छ ।

उनीहरुले नेता नेपाललाइ रौतहट नआउन समेत चेतावनी दिएका छन । माधब नेपालको गद्दारी र अन्र्तरघाती बिरुद्ध आफुहरु आन्दोलनमा होमिएको युवा संघ रौतहटका संयोजक रबि रानाले बताए ।बिरोध जुलुसमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिब राजेन्द्र तिवारी,अनेरास्वबियुकी केन्द्रिय सदस्य आरती भण्डारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments