Incident Reports

बृद्धामाथि कुटपिट तथा दुर्व्यवहार l

2014-07-22

Bagmati, Rasuwa, Uttargaya

धैबुङ्ग गाविस-७ घर भई लहरेपौवा गाविस-८ स्थित गोठमा बस्दै आएकी ७२ वर्षीया जेठी लमिनीलाई लहरेपौवा गाविस-८ का जितमान थोक्राले कुटपिट गरी दुर्व्यवहार गरेका छन् । साँझ गोठमा बसिरहेको अवस्थामा आफ्नो पत्नीलाई कुटपिट गरेको थाहा पाएपछि छुट्याउन लाग्दा आफूलाई पनि कुटपिट गरेको पीडितको पति ७१ वर्षीय सुप्पा मोक्तानले बताए । अरूको रुख किन काटेको भनेर सोधेपछि बुद्धा पत्नीलाई कुटेर घाइते बनाएको मोक्तानको आरोप छ । केही दिनअघि जितबहादुरले आफ्नो छोराको रुख काटेको पीडितले बताइन् । पीडितले कालिकास्थानस्थित प्रहरी कार्यालयमा साउन ६ गते जाहेरी दिए । जाहेरी उपर छलफल भइरहेको कालिकास्थान प्रहरी चौकीले जनाएको छ । पीडित बुद्धाको अनुहार र तिग्रामा चोट लागेको छ भने उनले लगाएका कपडाहरू च्यातिएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis