Incident Reports

खुकुरी प्रहार गरी ६५ वर्षीय वृद्धको ह-त्या

2021-07-21

Province 1, Udayapur, Triyuga, Ward 8

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको ह-त्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने ह-त्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् ।

प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य शुरु गरेको छ ।

चौधरीको ह-त्यामा संलग्न खुुकरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।

दमाैली । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports