Incident Reports

चितवनको घोलमा एक ब्यक्तिको गोली हानी हत्या

2021-07-22

Bagmati, Chitawan, Bharatpur, Ward 17

चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाँडा घोलमा गोली हानी एक जनाको हत्या गरिएको छ । धादिङको निलकण्ठ नगरपालिका घर भएको ३६ बर्षीय भरत गुरुङको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।गुरुङ शिवपुरी राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत् नेपाली सेनाका हुद्दा रहेको चितवन प्रहरीले पुष्टि गरेको छ । धादिङको निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङ हत्याको विषयमा थप अनुसन्धान भइरहेका चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।थापाका अनुसार शवको नजिकै एक थान गोलीको खोका भेटिएको थियो । ‘मृतकको टाउकोमा गोली लागेको छ । गुरुङ जग्गा किन्नको लागि चितवन आएको बुझिन्छ ।उनी बुधबार दिउँसो १ देखि २ बजेको समयमा आफन्तको घरबाट साथीसँग जान्छु भन्दै निस्केका आफन्तले बताएका छन् । उनको झोला केही नगद तथा चेकसहित आफन्तको घरमा पाइएको थियो ।

..

चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई उनकै साथीले मारेको पुष्टि

काठमाडौं : बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा–१७ मानसिंह चोक नजिक सिमलडाँडा खेतमा मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी हत्या गरेको खुलेको छ।काठमाडौंबाट सँगै चितवन गएका सिपाही भरतपुर–२१ का गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चितवनमा बैना गरिएको जग्गा पासका गर्न गएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको जनाएको छ।जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले गंगाधरलाई भरतले विश्वास गरेर बैंकको चेक नै दिएको खुलेको जानकारी दिए।

‘भरतको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट गंगाधर आफैंले भरतको हस्ताक्षर गरी साउन २ गते ९ लाख रूपैयाँ निकालेका रहेछन्’ अधिकारीले भने,‘भरतले जग्गा किन्नका लागि भनेर राखेको रकम गंगाधरले आफ्नो घरमा लगेर बुझाएको प्रारम्भिक अनुन्धानबाट खुलेको छ।’

दुबै जना काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत हुन्। भरतले साउन ५ गते चितवन जान बिदा लिएको र गंगाधरको मोटरसाइकलमा गएको बुझिएको छ।

सो दिन राति उनीहरूले चितवनको एक होटलमा बसेर अत्यधिक मदिरा सेवन गरेको एसपी अधिकारीले बताए। ‘भरत सोझो रहेछ, रक्सी पनि अत्यधिक खाने रहेछ,’ अधिकारीले भने, ‘रातभर रक्सी खाएर गंगाधरले भरतलाई मोटरसाइकलमा राखेर डुलाउँदा बिहानै भएछ।

बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए। भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे।

गंगाधरले झोलामा रहेको हतियार ‘एसएमजी’ झिकेर भरतको टाउकोमा एक राउण्ड गोली हानेछन्।’ साथीको हत्या पछि गंगाधर भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर सडकको किनारामा रहेको झाडीमा हतियार फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका थिए।

गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो। प्रहरीले गंगाधरसहित एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।

गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएका ३६ वर्षीय भरतको घर धादिङको निलकण्ठ नगरपालिका–१३ हो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports