Incident Reports

सडकमा अराजकताको राज : पठाओ चालकमाथि बस व्यवसायीको हातपात

2021-07-22

Bagmati, Lalitpur, Lalitpur

काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात मात्र बिथोलिएन, अराजकताको अवस्था नै देखियो। चलिरहेका सार्वजनिक सवारी साधानलाई समेत प्रर्दशनकारीले रोकेर अवरोध पुर्‍याउने मात्र होइन, पठाओका चालकमाथि पनि मुक्काबाजीमा उत्रिए आन्दोलनकारी।शान्ति पूर्ण भनिएको हड्ताल अराजक बन्न पुग्यो। सडकमा सवारी तेर्स्याएर निजि सवारी साधानलाई समेत ठाउँ ठाउँमा अवरोध पुर्‍याए यातायात व्यवसायीको संगठनका समूहहरुले। पठाओ चालक उनीहरुको निसानामा परिरहे।

पठाओका चालकलाई रोकेर कुटपिट समेत गरेका थिए आन्दोलनमा उत्रिनेहरुले। ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको हो। दिउँसो करिब १ बजेतिर यात्रु बोकेर आइरहेको पठाओका चालकलाई रोकेर कुटपिट गरेका थिए। एक जना लेडिजलाई बोकेर बाइक आइरहेको थियो। पठाओको भन्ने थाहा पाएपछि लेडिजलाई उतारेर युवक माथि कुटपिट गरे,' पहिलोपोस्टकर्मी समर्थ रञ्जितले भने।

उनलाई प्रर्दशनकारीले कुटपिट गरिरहँदा प्रहरीको उपस्थिति भने थिएन।ती युवामात्र होइन अन्य पठाओ चालक पनि प्रर्दशनकारीको निशानामा परेका छन।'अहिलेसम्म ३/४ जनालाई यसरी कुटपिट भएको छ। केही ठाउँमा शान्तिपुरुण भए पनि धेरै ठाउँमा अराजक भएको देखियो,' बिहानै देखि आन्दोलन कभर गरिरहेका फोटो पत्रकार प्रवीन रानाभाटले भने।ट्याक्सी, बस तथा ट्याम्पोलाई रिङरोड परिक्रमा गराउने कार्यक्रम भनिए पनि ठाउँठाउँमा महासंघका पदाधिकारीले मानिसहरु परिचालन गरेका थिए जसका गतिविधि अराजक देखिन्थ्यो। उनीहरुका कारण यात्रु पनि अलपत्रमा परिरहे दिनभर।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis