Incident Reports

बलात्कारका आरोपित पुर्पक्षमा l

2014-07-22

Lumbini, Rupandehi, Butwal

गुल्मी जिल्ला घर भइ बुटवल नपा-८, चाँदबारीस्थित प्रदीप होटलमा काम गर्दै आएकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका सोही होटलका मालिक ५२ वर्षीय लेखनाथ भण्डारीलाई जिल्ला अदालतका न्यायाधीश बालचन्द्र शर्माको इजलासले साउन ६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आरोपित भण्डारीले डेढ वर्षेदेखि लगातार बलात्कार गर्दै आएको भन्दै पीडित बालिकाको निवेदनका आधारमा प्रहरीले असार ११ गते गिरफ्तार गरी अनुसन्धान सुरु गरेको थियो । पढाइदिने भन्दै ती बालिकालाई विगत ७ वर्षेखि आरोपितले होटलमा काममा लगाएका थिए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis