Incident Reports

बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ – Online Khabar

2021-07-22

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 9

८ साउन, भक्तपुर । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । राजबागलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

सोही नगरपालिका-९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments