Incident Reports

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

2021-07-22

Gandaki, Gorkha, Palungtar

गोरखा — ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिकाका १८ वर्षीय काले भन्ने निरज कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति सुतिरहेकी बालिकालाई पाखोबारीमा लगेर करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

बिहीबार राति १० बजे ओछ्यानमा सुतेकी बालिका बेपत्ता भएपछि परिवारले खोजी गर्दा घरनजिकैको बाटोमा घाइते अवस्थामा रोइरहेको भेटेका थिए । अनुहार र टाउकोमा चोट देखिएपछि बालिकालाई उपचारका लागि परिवारका सदस्यले सदरमुकाम ल्याए ।

शुक्रबार परिवारले आरोपितविरुद्ध जाहेरी दिएका थिए । आरोपितविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments