Incident Reports

खोलामा धकेलेर हत्या गरेको आरोपमा एक पक्राउ :: Setopati

2021-07-23

Province 1, Jhapa, Gauradhaha

झापामा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।गौरादह नगरपालिका वडा नम्बर ७ दुधाली बस्ने २५  वर्षीय सितकुमार ऋषिदेवलाई प्रहरीले हत्या गरेको आरोपमा शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीमाथि सोही नगरको वडा ४ र १ बीचमा पर्ने गेउरिया खोलामा मृत फेला परेका पुरूषको हत्या गरेको आरोप छ।मृतक इटहरी उपमहानगरपालिकाका अन्दाजी ५५ वर्षीय टुनटुन ऋषिदेव थिए। उनी सो गाउँमा मागेर खाने र डुलेर हिँड्ने गरेको थापाले बताए।स्थानीयले उनको शव शुक्रबार बिहान १० बजे खोलामा फेला परेका थिए।

खबरपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको थियो। शव पोष्टमार्टमको लागि दमक अस्पतालको शव गृहमा राखिएको छ।

प्रारम्भिक अनुसन्धान गर्दा बिहान करिब ९ बजे टुनटुन र सितकुमारबीच सामान्य विवाद भएको थियो। सोही विवादको क्रममा सितकुमारले टुनटुनलाई खोलाको डिलबाट धकेलेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

सो कुरा पत्ता लागेपछि प्रहरीले सितकुमारलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

उनले सामान्य विवाद हुँदा धकेलेको र खोलामा खसेर ननिस्किएपछि भागेको प्रहरी समक्ष बयान दिएका छन्।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports