Incident Reports

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा ताला - लुम्बिनी - कान्तिपुर समाचार

2021-07-23

Lumbini, Rupandehi, Butwal

बुटवल — एमबीएसको फारम खुलाउन माग गर्दै चार विद्यार्थी संगठनले बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा ताला लगाएका छन् । अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अखिल छैठौंले संयुक्त रुपमा आन्दोलन गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन् । यसअघि उनीहरुले प्रेस विज्ञप्तिमार्फत २४ घण्टे अल्टिमेटम दिँदै तत्काल फारम खुलाउन माग गरेका थिए । तर ४ दिन बितिसक्दा पनि क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेकाले तालाबन्दी गरेको विद्यार्थी संगठनहरुले बताएका छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस विस्थापन गर्दै लगेको छ । यसले विश्वविद्यालयको साटो क्याम्पस आफू पूर्ण रुपमा स्वायत्तताको बाटो हुँदै मानित विश्वविद्यालयको नाममा जाने तर विद्यार्थीलाई फाइदा नहुने विद्यार्थी संगठनहरुको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports