Incident Reports

महिला हत्याको आरोपमा पति र सासु थुनामा l

2014-07-22

Madhes, Saptari, Khadak

सप्तरी । ०७१ साउन ६ गते पंसेरा गाविस-५ की २५ वर्षीया नगीना साहको हत्याको आरोपमा पति ३० वर्षीय शत्रुघ्नप्रसाद साह सोनार र सासु ५२ वर्षीया सुमित्रादेवी साहलाई अदालतले साउन ६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको आदेशले हत्या आरोपमा आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएबमोजिम राजविराज कारागारमा थुनामा पठाइएको स्रेस्तदेार नवराज दुलालले जानकारी दिए । घाँटी र शरीरको विभिन्न भागमा चोटपटकको नीलडाम लागेको अवस्थामा पीडितको लाश असार ८ गते विहान घरमा फेला परेको थियो । पीडित र आरोपितबीच केही दिनयता बारम्बार झगडा हुने गरेको र असार ७ गते राति पुनः कुटपिट भएपछि घरबाट चोकतिर भागेकी पीडितलाई समातेर आरोपितहरूले घरभित्र लगी घाँटी थिचेर हत्या गरेको गाउँलेले बताएका थिए । लाशको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार ८ गते पोष्टमार्टम भएको थियो । हत्याको आरोपमा आरोपितहरूलाई प्रहरीले अनुसन्धानका लागि असार ८ गते घरबाट गिरफ्तार गरेको थियो । पीडितका बुवा धनुषा जनकपुर नपा-१० का बिमलकिशोर साहले इलाका प्रहरी कार्यालय कल्याणपुरमा आरोपितहरूविरुद्ध असार १० गते दिएको उजुरी असार ११ गते दर्ता भएको थियो । सामाजिक परम्पराअनुसार पीडितको आरोपित शत्रुघ्नसँग ०७० असार १५ गते विवाह भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis