Incident Reports

बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ :: Setopati

2021-07-23

Province 1, Ilam, Deumai, Ward 2

इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै  छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार ‍कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।घरायसी विवाद हुँदा बुवामाथि गिर्जमानले कुटपिट गरेका थिए।

घाइते भएका टेकबहादुरलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि घर फर्काउने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको हो।मृत्यु भएपछि प्रहरीले कुटपिट गरेको आरोपमा गिर्जमानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ।उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments