Incident Reports

आलमका अफन्तबाट बदला लिने धम्की दिएको पीडित पक्षको आरोप – इन्सेक

2021-07-14

Madhes, Rautahat, Yemunamai, Ward 4

दर्जनौँ व्यक्तिलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री एवम् निलम्बित सांसद मोहम्मद आफताव आलमका आफन्त, नातागोता, नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरूले शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट अर्थात असार ३० गतेदेखि नै धम्की दिइरहेको यमुना गाउँपालिका–४ का पीडित श्रीनारायण सिंहले आरोप लगाउनु भएको छ ।आरोपित पक्षले आफताव आलमलाई जेल पठाएबापतको बदला लिने धम्की दिएको पीडित श्रीनारायण सिंहको आरोप छ ।

पीडित सिंहले आफ्नो छोरा २४ वर्षीय त्रिलोकप्रताप सिंहसहित २३ जनालाई बम बनाउने क्रममा बम विष्फोट हुँदा घाइते भएकाहरूलाई इँटा भट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिनु भएको थियो ।

शेरबहादुर देउवाले रौतहटको गढीमाई नगरपालिका–६ सिगारमनमा ०७७ फागनु १९ गते विष्णु महायज्ञ उद्घाटनका क्रममा आफताव आलम निर्दोष भएको र आलमलाई छुटाउन आफ्नो तर्फबाट पुरै प्रयास गर्ने  अभिव्यक्ति दिनुभएको थियो ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको थियो ।

उहाँ प्रधानमन्त्री बनेको दिनदेखि राजपुर गाउँमा आलम पक्षले आलम जेलबाट छुट्छ र बदला लिन्छौँ भन्दै दिपावली मनाउने र पटका पड्काउँदै खुशियाली मनाएको देखेर पुनः न्याय पाउने आस मरेको उहाँले बताउनु भयो ।

सिंहका अनुसार आलम पक्षले पटका पट्काउने र खुशियाली मनाउने क्रम नरोकिएपछि राजपुरमा दुई पक्षबिच झडप हुँदा एक जना घाइते भएक छन् । घाइते हुने व्यक्ति अपरिचित रहेको उहाँले बताउनु भयो ।

पीडितलाई धम्की दिएको विषयमा जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी नारायणप्रसाद चिमरियाले कसैले पनि धम्की पाएको भन्दै उजुरी नगरेको बताउनु भयो ।

निलम्बित सांसद मोहमद आफताव आलमले पहिलो संविधान सभाको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा नेपाली कांग्रेसका नेता शेष इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो ।

सो घटनामा सांसद आलमको संलग्नता रहेको र बम विष्फोटमा परेर घाइते भएका २३ जनालाई आलमले इँटा भट्टामा जिउँदै जलाएर हत्याको गरेको आरोपमा किटानी जाहेरी परेको थियो । सो विष्फोटमा परेर सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लगत्तै मृतक त्रिलोकप्रताप सिंहका बुुबा श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले सांसद मोहम्मद आफताव आलमसहित राजपुर नपा–४ का ४६ वर्षीय महताब आलम, मोविन आलम, शेख भदई र राजपुर नपा–६ का ३४ वर्षीय शेख सरोज विरुद्ध किटानी उजुरी दिएका थिए ।

उजुरी पश्चात प्रहरीले अफताब आलमलाई ०७६ असोज २६ गते गिरफ्तार गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई ०७६ कातिक २९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आलाम पुर्पक्षका लागि नक्खु कारागारमा रहेको प्रहरीले जनायो ।

उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०७५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports