Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-22

Madhes, Dhanusha, Mithila, Ward 10

सात, आठ र १० वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको ओरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले मिथिला नपा–१० माझी टोल बस्ने ७७ वर्षीय थानाप्रसाद भट्टराईलाई सोही दिन गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरू आरोपित भट्टराईको आँगनमा रहेको अम्बा टिप्न गएका बेला ‘मैले भनेको मान्छौँ भने तिमीहरूलाई धेरै अम्बा दिन्छु’ भन्दै नजिकै रहेको गोठमा लगेर यौन दुर्व्यवहार गरेको पीडित बालिकाहरूको आरोप छ ।

यौन दुर्व्यवहार गरेपछि पीडित बालिकाहरू रुँदै घर गई अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो ।

पीडित पक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा आरोपितविरूद्ध उजुरी आएको इलाका प्रहरी कार्याय ढल्केवरका इन्स्पेक्टर प्रदिप सुवेदीले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

पीडित तीनै जना बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते नै प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments