Incident Reports

सहकारी संस्थाको जिपमा अज्ञात समूहबाट आगजनी « Image Khabar

2021-07-25

Sudurpashchim, Bajhang, Jaya Prithivi, Ward 6

बझाङ, साउन ११ ।बझाङमा आइतबार राती अज्ञात समूहले कृषि सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् ।जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताउनुभयो ।गाउँमै पार्किङ गरी राखेको म १ च ७८३ नम्बरको जीपमा आइतबार राति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजनी गरिएको बताउनुभयो ।

आइतबार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports