Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2021-05-19

Province 1, Sunsari, Dharan, Ward 14

सुनसरी,२०७८ साउन ११ गते  

धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप सुब्बाको हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१४ मण्डप टोल घर भएका सोही उपमहानगरपालिका-४ पत्राङबारी सिरान सालघारीस्थित आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रालिका संचालक ४४ वर्षीय मंगलसिंह लिम्बु, सोही उपमहागरपालिका-१४ पिण्डेश्वरी घर भएका सोही प्रालीमा काम गर्ने २० वर्षीय भरत भुजेल र सोही उपमहानगरपालिका-४ दानाबारी घर भएका ५४ वर्षीय जन्तरे भन्ने राम कुमार राई रहेका छन्।

सोही उपमहानगरपालिका-४ दानाबारीको बैदाप खोपमा जेठ ५ गते सुब्बाको शव फेला परेको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports