Incident Reports

प्रहरी जवान कुटपिट घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता – इन्सेक

2021-07-23

Province 1, Solukhumbu, Solududhakunda, Ward 2

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिका–८ स्थित प्रहरी चौकी पत्तालेमा कार्यरत २८ वर्षीय प्रहरी जवान सुजनकुमार थापालाई ड्युटीमा खटिएको अवस्थामा कुटपिट गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–८ का २५ वर्षीय पेम्वा शेर्पाविरूद्ध  अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता  गरेको छ ।

पीडित जवानलाई आरोपितले ड्युटीमा खटिएको अवस्थामा साउन ८ गते कुटपिट गरेपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपितविरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा साउन १० गते अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको इन्स्पेक्टर ढकालले बताउनु भयो ।आरोपितले मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रहरी चौकी पत्तालेमा खबर गरेका थिए । आरोपितलाई सम्झाईबुझाइ गर्ने क्रममा आरोपितले प्रहरी जवान थापालाई हात हालेपछि गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको इन्स्पेक्टर ढकालको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports