Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-18

Madhes, Sarlahi, Ishworpur

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला इश्वरपुर नपा–१ का २८ वर्षीय शंकर सदालाई गिरफ्तार गरेको छ ।घरमा कोही नभएको अवस्थामा आरोपित सदाले नातामा साली पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । आफू घरमा समयमै आई पुगेपछि छोरीलाई बचाउन सफल भएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

आरोपित सदाले आफूमाथि पनि हातपात गरेपछि रोएर कराएको आवाज सुनेर स्थानीयहरू आएर आरोपितलाई नियन्त्रणमा लिएको पीडित बालिकाको आमाले जानकारी दिनु भयो ।घटनाको सम्बन्धमा तत्काल प्रहरीलाई बोलाई कानुनी उपचारका लागि प्रक्रिया अगाडि बढाइएको गौशाला नगरपालिकाका उपमेयर आशा लामाले बताउनु भयो ।

आरोपित सदाले यसभन्दा अगाडि पनि एकीकृत नमुना मुसहर वस्तीमा बारम्बार झै–झगडा गर्दै आएको उपमेयर लामाले जानकारी दिनु भयो ।आरोपित सदालाई गिरफ्तार गरेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पीडित बालिकाको गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments