Incident Reports

गोठ गएकी महिला मृत फेला- कर्णाली - कान्तिपुर समाचार

2021-07-26

Karnali, Rukum West, Tribeni, Ward 4

रुकुम पश्चिम — घर नजिकैको गोठमा गएकी महिला मृत फेला परेकी छन् । त्रिवेणी गाउँपालिका–४ स्थित छरीखोलाकी अन्दाजी २५ वर्षीया कमला खत्री खड्काको शव घर नजिकै फेला परेको हो ।सोमबार बेलुकी कुरलखोलामा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी उनको हत्या भएको स्थानीयले बताएका छन् ।घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हालेर लामो समय नफर्केपछि उनको खोजी गरिएको थियो । खोज्ने क्रममा सोमबार राति नै उनको शव भेटिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए । उनको शव भेटिएको ठाउँ नजिकै मकै र घाँस कुच्चिएको अवस्थामा भेटिएको छ । घर फर्कने बाटोभन्दा केही तल उनको शव छ । घटनास्थलको अवस्था हेर्दा झगडा परेको जस्तो देखिने वडाध्यक्ष खड्काले बताए ।घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठ पनि पुगेका थिए । घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए ।कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए ।

...

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनास्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामा मृतक खड्काका माइला जेठाजु केशरबहादुर खड्का र उनका दुई छोरा छन् । पक्राउ परेकाहरू एक जना १५ र अर्को ११ वर्षका भएकाले नाम सार्वजनिक भएको छैन ।मृतक मनकला उक्त घरकी ठाइली बुहारी हुन् । अनुसन्धानकै क्रममा रहेकाले सबै भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनले घटनास्थलबाट कपडा, टर्चलाइटजस्ता सामग्रीसमेत बरामद भएको र त्यसका आधारमा पनि अनुसन्धान भइरहेको जानकारी दिए । सोमबार बेलुकी गोठका भैंसीलाई घाँस हाल्न गएकी मनकला राति ९ बजे मृत भेटिएकी थिइन् ।अन्तिम संस्कार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको छ ।

घरभन्दा करिब २ सय मिटर टाढा रहेको भैंसीगोठमा घाँस हालेर फर्कने क्रममा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ । उनको शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको, एउटा कान काटिएको र घाँटीमा रातो डाम बसेको अवस्थामा भेटिएको थियो ।उनले दुवै कान, नाक र घाँटीमा लगाएका सबै सुनका गरगहना हराएको प्रहरीले जनाएको छ । मकैबारीमा लछारपछार पारी बीभत्स ढंगबाट उनको हत्या गरिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । मनकलाको शव बुधबार पोस्टमार्टम गरीअन्तिम संस्कार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments