Incident Reports

किराँत जनवादी वर्कर्स पार्टीका सैन्य कमाण्डर गिरफ्तार l

2014-07-23

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling दिक्तेल नगरपालिका-४ निवासी किराँत जनवादी वर्कर्स पार्टीका सह- सैन्य कमाण्डर, खोटाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य ३३ वर्षीय परिवर्तन भनिने मनिन्द्र राईलाई प्रहरीले गिरफ्तार गरी साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । प्रहरी चौकी आक्रमण, हातहतियार तथा वन्दोवस्तीको समान लुटपाट तथा चन्दा आतंक मच्याएको आरोपमा उनीविरुद्ध हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार मुद्दा चलाइएको थियो । साउन ५ गते विशेष प्रहरी व्यूरो विराटनगरका डिएसपी राजकुमार वैधवार नेतृत्वको टोलीद्वारा विराटनगरमा गिरफ्तार गरिएका उनलाई प्रहरीले पत्रकार सम्मेलन सार्वजनिक गरेको थियो । उनी विरुद्ध यसअघि जिल्ला प्रशासन कार्यालयले ०७० माघ १० गते गिरफ्तार भएको मितिदेखि पाँच वर्षसम्म कैद सजाय हुने फैसला गरेको थियो । सो म्याद गुजारी फरार रहेका प्रतिवादी मनिन्द्र राईसँगै अन्य ६ जना वर्कस कार्यकर्ताको हकमा समेत गिरफ्तार भएको मितिदेखि पाँच वर्षसम्म कैद सजाय हुने फैसला भएको थियो । त्यसपछि फरार रहेकाहरु भुपेन्द्र राई, कृष्ण परियार, अम्बर लिङदेन, मीना खम्वु, रविन राई र बिनेस राई रहेका छन् । किरात जनवादी वर्कस पार्टीले ०६७ वैशाख २१ गते खोटाङको नुनथला प्रहरी चौकी लुटपाट गरी हातहतियार तथा वन्दोवस्तीको समान लुटेका थिए भने २०६४ माघ ७ गते हुक्नाजोर, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण गरी हतियार तथा बन्दोबस्तीको समान लुटेको अभियोगमा मुद्दा चलाईएको थियो । प्रहरीका अनुसार गिरफ्तार गरिएका सैन्य सह-कमाण्डर विरुद्ध प्रहरी चौकी आक्रमण, हातहतियार लुटपाट, चन्दा आतंकसँगै ०६५ जेठ २५ गते वडकादियाले गाविस भवनमा रहेको कागजात आगजनी, ०६५ असार २ गते काउले गाविसस्थित नेपाल टेलिकमको रिपिटर टावर आगजनी, ०६५ जेठ २५ गते सावाकटहरे गाविसमा रहेको काजगात आगजनी, ०६५ जेठ २६ गते काउले गाविस भवनमा रहेको कागजात आगजनी, ०६६ साउन ३ गते इन्द्रेणीपोखरी गाविस भवन र अतिरिक्त हुलाक कार्यालयको कागजात आगजनी र ०६७ वैशाख २७ गते जिल्ला अदालत परिसरमा प्रेसर कुकर बम राखेको अभियोग लागेको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis