Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी – इन्सेक

2021-05-24

Province 1, Sankhuwasabha, Panchakhapan

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पाँचखपन नगरपालिका–२ का ७१ वर्षीय भक्तबहादुर तामाङविरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविन राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भईरहेको इन्स्पेक्टर राईले बताउनु भयो । घटनास्थल ताप्लेजुङको सीमा क्षेत्रमा भएकाले पीडित पक्षले ढिलो गरी प्रहरीमा उजुरी दिएको इन्स्पेक्टर राईको भनाइ छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments