Incident Reports

थाहा खबर: ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी

2021-07-27

Karnali, Salyan, Bagchaur, Ward 9

सल्यान : ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन्।

सल्यान : ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन्।

विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए। भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ।उनले भने‚ ‘पैसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, समितिलाई भन्दा निर्माण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ।’निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगीले पूर्वाधार कार्यालय सल्यानको १५ लाख रुपैयाँको बजेटमा निर्माण भएको भवनको १२ लाख ३ हजार मात्र भुक्तानी भएको र भुक्तानी भएको रकम पनि भवन बनाउँदा आफ्नो पैसा परेको भन्दै व्यवस्थापन समितिका अध्यक्षले लगेपछि समस्या भएको बताए। उनले भने‚ ‘व्यवस्थापन समितिका अध्यक्षले मेरो पनि पैसा परेको छ भन्दै पैसा लगेपछि मजदुरलाई मैले कहाँबाट पैसा दिने?’व्यवस्थापन समितिका अध्यक्ष कालीबहादुर भण्डारीले भने रकम विद्यालयको खातामा नभई निर्माण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाखको काम गरेको त्यो पनि गुणस्तरिय नभएको भन्दै पूर्वाधार कार्यालय १२ लाख मात्र भुक्तानी गरेको बताउँछन्। पूर्वाधार कार्यालयले निर्माण समितिको खातामा पैसा हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको भण्डारीको भनाइ छ।

विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए। भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ।

व्यवस्थापन समितिका अध्यक्ष कालीबहादुर भण्डारीले भने रकम विद्यालयको खातामा नभई निर्माण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाखको काम गरेको त्यो पनि गुणस्तरिय नभएको भन्दै पूर्वाधार कार्यालय १२ लाख मात्र भुक्तानी गरेको बताउँछन्। पूर्वाधार कार्यालयले निर्माण समितिको खातामा पैसा हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको भण्डारीको भनाइ छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis