Incident Reports

हत्या घटनाका आरोपमा परिवारकै सदस्यविरुद्ध उजुरी – इन्सेक

2021-07-27

Madhes, Sarlahi, Bramhapuri, Ward 3

ब्रह्मपुरी गाउँपालिका–३ की २६ वर्षीया रिकवादेवी कापड, उनकी १८ महिनाकी छोरी रेमा कापड र नौ दिनका छोराको हत्या गरेको आरोपमा ३३ वर्षीय पति सञ्जिव कापड, ५५ वर्षीय ससुरा जागेश्वर कापड, सासू रणुदेवी कापड र जेठाजु ३३ वर्षीय सञ्जिव कापडविरुद्ध रिकवादेवीकी आमा नागवती देवीले जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाही प्रतिनिधि र ओरेकलगायत मानव अधिकारकर्मीहरूको संयुक्त पहलमा मृतक रिकवादेवीकी आमाले प्रहरीमा उजुरी दिनु भएको हो ।

दाइजो नदिएको आरोपमा यसअघि पनि रिवकालाई गालीगलौज, कुटपिट गर्ने, मार्ने धम्की दिने र घर निकाला गर्ने प्रयास गरेको नागवती देवीको आरोप छ ।दाइजो नदिएकै रिसमा छोरी, नातिनी र नवजात शिशु नातिको हत्या योजनाबद्ध तरिकाले पोखरीमा डुवाएर गरिएको नागवती देवीको आरोप छ ।

तीनै जनाको शव साउन १३ गते बिहान ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी बुढाथोकीले जानकारी दिनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Infanticide
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 2
Youth Killed 2
National/Online Media

0 Comments