Incident Reports

पानी भरेको खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु, कालिका कन्ट्रक्सनमा भयो तोडफोड | नेपालन्युज

2021-07-27

Bagmati, Makawanpur, Bagmati, Ward 3

मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरमा पानी भरेको खाल्डोमा डुबेर स्थानीय १० वर्षीय बालकको ज्यान गएको छ । शान्तिपुर निवासी लोक बहादुर सारुको छोरा १० वर्षीय सागर सारुको डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरबाट करिब ५ सय मिटर टाढा कालिका कन्ट्रक्सनले भाडामा लिएको जग्गामा खनेको खाल्डोमा रहेको पानीमा पौडी खेल्ने क्रममा डुबेर सागर बेहोस भएका थिए । उनको बेतिनि स्वस्थ्य चौकी फापरबारीमा उपचारको क्रममा मृत्यु भएको हो । सोही विषयलाई लिएर मृतकका आफन्तहरुले कन्ट्रक्सनको कम्पाउण्डभित्र राखिएको बा १८ च ५९३७ नम्बरको बलेरोमा आगजनी गर्दा बलेरो पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै उनीहरुले बा २ क ५८२० नम्बरको जेसिबी, ना १ क ४४५० तथा ना १ क ४५६५ नम्बरको मिक्चर ट्रक र सोही कन्ट्रक्सनको कार्यालय कक्षको झ्यालको शिशा समेत तोडफोड गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons Fire , Other
Primary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports