Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी – इन्सेक

2021-07-23

Madhes, Dhanusha, Sabaila, Ward 12

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सबैला नपा–१२ बरकुर्वा बस्ने २४ वर्षीय राजेश चौधरीविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते उजुरी दिएकी छिन् ।साउन ८ गते राति आरोपितले घरबाटै अपहरण गरी कोही नबस्ने एक छिमेकीको घरमा लगेर बन्धक बनाई बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।

घटना लगतै आरोपित पक्षले आर्थिक लेनदेन गरी गाउँमै घटना मिलाउन दबाब दिएको पीडित पक्षको आरोप छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।घटना लगतै आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले इन्सेक धनुषा प्रतिनिधिलाई जानकारी दिनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments