Incident Reports

नेपाली बालिकालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा २ किशोरी पक्राउ

2021-07-28

Madhes, Parsa, Birgunj

काठमाडौं– नेपाली बालिका र युवतीलाई भारतमा लगि बेचबिखन गरेको आरोपमा पर्सा प्रहरीले २ जना किशोरीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–९ घर भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ घर भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा छन्।

प्रहरीका अनुसार उनीहरुले जागिर लगाइदिने प्रलोभनमा पारेर १६ वर्षीया बालिका र १० वर्षीया युवतीलाई भारत पुर्‍याएका थिए। २ जना नेपाली बालिकालाई भारतीय राज्य बिहारको छौंडादानो भन्ने स्थानमा पुर्‍याइएको भन्ने सूचनाको आधारमा पर्सा प्रहरीले उनीहरुको उद्धार प्रयास थालेको थियो।

भारतीय प्रहरी समेतको समन्वयमा पर्सा प्रहरीले बेचबिखनमा परेका १ बालिका र १ युवतीलाई उद्धार गरेको हो। उद्धार गरिएका बालिका र युवतीको बयानका आधारमा प्रहरीले लक्ष्मी दास र खुश्बु विश्वकर्मालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुले पर्साको वीरग‌ंजमा जागिर लगाइदिने भन्दै २ जनालाई झुक्याएर भारतको बिहार राज्यअन्तर्गतको छौँडादानो पुर्‍याएर मोबाइल फोन समेत खोसेर बन्धक बनाएका थिए।छौँडादानोबाट भारतको अर्को ठाउँमा पठाउने तयारी भइरहँदा प्रहरीको टोलीले बालिका र युवतीको उद्धार गरेको हो।पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए। 

National/Online Media

0 Comments