Incident Reports

महिलालाई यातना दिएको भन्दै पतिलाई कारबाहीको माग सङ्खुवासभा

2014-07-23

Chhetu Sherpa खाँदबारी नपा-५ की २१ वर्षीया अनिशा राईलाई पति नविन शर्ेपाले मानसिक र शारीरिक यातना दिने गरेको भन्दै पीडित परिवारले आरोपितलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा साउन ७ गते माग गरेको छ । शारीरिक र मानसिक पीडा खप्न नसकेपछि बहिनी अनिशाले साउन ६ गते राति मट्टीतेल खन्याएर आफ्नै शरीरमा आगो लगाइ आत्महत्याको प्रयास गरेको भन्दै पति नविनलाई कारबाही गर्न माग पीडितकी दिदी सरिताले माग गरेकी हुन् । पटकपटक कुटपिट गर्ने गरेको, मानसिक पीडा दिने गरेको र घरमा नआइ जाडरक्सी खाइ अन्यत्रै परस्त्रीसँग बस्ने गरेको भन्दै आत्महत्या प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताएको छ । घाइतेको खाँदबारी अस्पतालमा उपचार हुन नसकेपछि बिपीकोइराला बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइतेको पुरै शरिर जलेको छ भने अवस्था गम्भीर छ । प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गर्ने बताएको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis