Incident Reports

धनुषामा युवकको हत्या – Online Khabar

2021-07-28

Madhes, Dhanusha, Sahidnagar, Ward 3

१४ साउन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ ।पछिल्लो पटक नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् ।टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँमा चोट लागेको अवस्थामा घर नजिकैको सडक छेउमा फेला परेका उनलाई उपचारका लागि विराटनगर लग्दा त्यहीं मृत्यु भएको छ ।घट्नामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर घट्ना सम्बन्धमा थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले बताए ।

शहीदनगर नगरपालिकाकै वडा नम्बर ९ का एक युवकको दुई साताअघि हत्या भएको थियो।दुई साताभित्रै दुई जना युवकको हत्या हुनु दुःखद भएको शहीदनगर नगरपालिकाका समाजसेवी विनोद रोहिता बताउँछन् । रक्सी र लागूऔषधका कारण युवाबीच झगडा हुनेदेखि कुटाकुटको स्थिति भइरहनु पनि यस्ता घट्नाको कारण भएको उनको बुझाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports