Incident Reports

रोल्पामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-07-21

Lumbini, Rolpa, Rolpa, Ward 4

रोल्पा - रोल्पामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ परेका छन् ।रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै गएको सोमवार प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा घाउ लागेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments