Incident Reports

कुटपिट घटनामा छोरीविरूद्ध उजुरी – इन्सेक

2021-07-27

Karnali, Dailekh, Narayan, Ward 7

नारायण नगरपालिका–७ किमुकी ७० वर्षीया जैसरा बिकलाई कुटपिट गरी घाइते बनाएको भन्दै १९ वर्षीया छोरी तारा बिकविरूद्ध पीडित पक्षले साउन १३ गते उजुरी दर्ता गराएको छ ।घरायसी कामकाज गर्न सल्लाह गर्ने सन्दर्भमा साउन १२ गते सौताको छोरीले आफूलाई दाउराले कुटपिट गरेको जैसराले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आफूबाट सन्तान नजन्मेपछि पति गगन बिकले पदमा बिकसँग दोस्रो विवाह गरेपछि ५ छोरी र ३ छोरा जन्मिएर  ९ वर्ष अघि पतिको मृत्यु भएको नारायण नगरपालिका–७ का वडा सदस्य निर्मला खड्काले बताउनुभयो ।पतिको मृत्यु पश्चात र सौताले अन्यत्रै विवाह गरेपछि सबै छोराछोरीको रेखदेख र अविभावकत्व जैसराले गर्दै आएको सदस्य खड्काको भनाइ छ ।

सौतेनी आमालाई कुटपिट गरेर भागेकी ताराको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर राजेशकुमार तेलीले जानकारी दिनुभयो ।घाइते जैसराको दैलेख अस्पतालमा साउन १३ गते उपचार गरिएको डाक्टर सुशीला कटुवालले जानकारी दिनुभयो ।डाक्टर कटुवाललका अनुसार पीडित महिलाको टाउकोमा ८ वटा टाँका लागेकोे छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments