Incident Reports

घरेलु हिंसा पीडित महिला न्याय खोज्दै इन्सेकमा – इन्सेक

2021-04-29

Karnali, Salyan, Darma, Ward 3

दार्मा गाउँपालिका–३ निवासी ६० वर्षीया तुलसी रानालाइ पति ६६ वर्षीय खलबहादुर रानाले कुटपिट गरि घर निकाला गरेपछि साउन १३ गते न्याय प्रक्रियामा सहयोग गरिदिन इन्सेकमा निवेदन दिनु भएको छ । जेठो छोरासँग बस्दै आएकी रानालाई पतिले त्यहीं आएर मार्ने धम्की सहित मानसिक रूपमा तनाव दिएपछि ०७८ जेठ १ गतेदेखी  माइतीमा बस्दै आएको उहाँले बताउनुभयो ।

घटनाका विषयमा इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय सल्यानमा जानकारी गराएपछि डीएसपी गोविन्द थापाले दुबैपक्षलाइ बोलाएर छलफल गराउने बताउनुभयो ।घटना तीन महिनाअघि भएका कारण अहिले स्वास्थ्यमा चोटपटक नभएको र पहिले स्थानीय मेडिकलमा सामान्य उपचार गरेको पीडित महिलाको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments