Incident Reports

धनुषामा ५ दिनदेखि हराइरहेकी ७ वर्षीया बालिकाको शव भेटियो, हत्याको आशंका :: Setopati

2021-07-26

Madhes, Dhanusha, Ganeshman Charnath, Ward 10

धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ।गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला परेको हो।घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।

सिग्देलका अनुसार उनका शव कुहिएको अवस्थामा भेटिएको छ।सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन्। पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तले बताएका छन्।

‘करिब १० वर्ष पहिले पनि एक जना युवतीको हत्या गरि लास त्यो इनारमा फालिएको थियो। फेरि पनि कसैले हत्या गरेर त्यहीँ लास फालिदिएको हुनसक्छ भनेर बाँसले चलाएर इनारमा शव खोजी गरिएको थियो तर भेटिएन। आज बिहानै इनार छेउमा जाँदा गन्ध आएपछि हेर्दा उनकै लास थियो,’ स्थानीय रमेश यादवले भने।

हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने स्थानीयको आशंका छ। यद्दपी अहिले घटना अनुसन्धानको क्रममा रहेको र शव पोष्मार्टमको रिपोर्ट आइसकेपछि मात्र हत्या भएको वा नभएको भन्न सकिने प्रहरी निरीक्षक सिग्देले सेतोपाटीलाई बताए।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments