Incident Reports

वडा सचिवलाई कुटपिट गरेको घटनाका आरोपित विरुद्ध उजुरी – इन्सेक

2021-07-26

Madhes, Dhanusha, Nagarain, Ward 5

नगराइन नपा–५ गङ्गुलीका वडा सचिव ४२ वर्षीय सुबोध झालाई वडा कार्यालयमा कुटपिट गरेको भन्दै पीडित झाले सोही ठाउँका ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भवन झा र ३० वर्षीय आलोककुमार झा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते उजुरी दिनु भएको छ ।

पीडित झाले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भएको हो ।साउन ११ गते दिउँसो मादक पदार्थ सेवन गरेका आरोपितहरूले वडा सचिवको कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेको पीडित सचिव झाको आरोप छ ।

सचिवमाथि आक्रमण गरिएको घटनाको विरोधमा नगराइन नगरपालिकाका वडा सचिवहरूले कार्यालयको कामकाज ठप्प पारेका छन् ।हालसम्म आरोपितहरुलाई राजनीतिक संरक्षण दिँदै गिरफ्तार नगरिएको पीडित वडा सचिव सुबोध झाको आरोप छ ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports