Incident Reports

लेनदेनका कारण एक जनाको हत्या - Khabar Break

2021-07-30

Karnali, Jajarkot, Kuse, Ward 8

आपसी विवादका कारण जाजरकोटमा एक जनाको हत्या भएको छ । कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको छ । आपसी लेनदेनको विषयमा विवाद हुदा कुशे गाउँपालिका ८ का ३५ वर्षीय इन्द्र बहादुर सिंहको मृत्यु भएको हो ।  सोही ठाउँका विमल प्रकाश सिंहको कुटाइबाट सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।  हत्याको आरोपी विमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन गरिरहेको छ ।

क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।

..

जरकोट कुशे गाउँपालिका–८ मा एक युवकले कुटपिट गर्दा अर्का युवाको ज्यान गएको छ । कुशे गाउँपालिका–८ जिन्तालामा युवाहरुको आपसी लेनदेनका कारण विवाद भई कुटपिट हुँदा ३५ वर्षीय इन्द्रबहादुर सिंहको घरमै मृत्यु भएको हो ।

सामुदायिक संस्थाको रकम सम्बन्धमा विवाद हुँदा उनीहरुबीच झगडा भएको थियो । शुक्रबार पँधेरीखोला सामुदायिक संस्थाका पदाधिकारीहरु भेला भएका थिए । संस्थाको छलफल गरी अन्य सदस्यहरु आ–आफ्नो घर फर्के, केही युवा बेलुका कुशे–८ को जिन्तालामै कुखुरा काटेर रमाइलो गर्न बसेका थिए । विमल संस्थाका अध्यक्ष हुन् भने मृतक इन्द्र सचिव हुन् । खाजा नास्ता खाने क्रममा उनीहरु बीच संस्थाको रकमका विषयमा विवाद भयो, विवादपछि विमलप्रकाश सिंह एक्कासि आक्रोशमा आएर चिर्पटले इन्द्रबहादुर सिंहको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताउनुभयो ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भएका इन्द्रबहादुर सिंहलाई साथीहरुले घरमा पु¥याइदिएका थिए । गम्भीर अवस्थामा रहेका उनको शनिबार बिहान २ बजे ज्यान गएको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । समयमाऔषधि उपचार पाएको भए उनको ज्यान जोगाउन सकिने प्रहरीको भनाइ छ ।

कुटपिटमा संलग्न फरार रहेका विमलप्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा आइतबार बिहान भेरी नगरपालिका–२ बाहुनथानाबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत जाजरकोटमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुटपिट गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । घटनाका कारण बारे थप अनुसन्धानका लागी प्रहरी निरीक्षक शिवकुमार क्षत्रीको कमान्डमा एक टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports