Incident Reports

मानव बेचविखन घटनाका आरोपित विरूद्ध उजुरी – इन्सेक

0001-01-01

२२ वर्षीया पत्नीलाई भारतमा बेचबिखन गरेको आरोपमा पीडितपक्षले ३२ वर्षीय पति विरूद्ध साउन १२ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।पीडितलाई आरोपितले शारिरीक तथा मानसिक यातना दिने गरेको र यौन व्यवशायमा लगाएको भन्दै छिमेकीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि  जिल्ला प्रहरी कार्यालय रुपन्देही र आफन्त नेपाल संस्थाको पहलमा पीडितको साउन १० गते उद्दार गरिएको थियो ।

पतिले पटक पटक भारत लैजाने प्रयत्न गरेको र पतिको व्यवहारका कारण भारत जान अस्वीकार गर्दै आएकोमा जेठ ३१ गते एक वर्षीया छोरीलाई जबरजस्ती भारत लैजान खोजेपछि कृष्णनगर नाका हुँदै भारत गएको पीडितले बताउनु भयो ।

भारतमा पुगेपछि आरोपितले परपुरुषहरूसँग यौन सम्पर्क राख्न लगाएको र पीडितले नमानेपछि करेण्ट लगाएको र कुटपिट गरेको भन्दै भारतीय प्रहरीमा खबर गरेपछि आरोपितलाई गिरफ्तार गरी ७ लाख रुपियाँ धरौटी माग गरेको थियो ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाएको र आरोपितले  घटनालाई बाहिर लगे आफुले आत्महत्या गर्ने भन्दै धम्काउदै बिस सेवन गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो । आरोपितको क्रिम्सन अस्पताल मणिग्राममा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते भीम अस्पताल, भैरहवामा गरिएको गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


0 Comments