Incident Reports

छोरी बलात्कार गर्ने बाउ गिरफ्तार l

2014-07-24

Madhes, Sarlahi, Bishnu

१३ बर्षीय छोरीलाई बलात्कारको गरेको आरोपमा मधुबनिगोथ -२ सर्लाही का ३५ बर्षीयबाउ लाई प्रहरीले गिरफ्तार गरेको छ । घरमा भएकी श्रीमतीलाई कोठा बाट बाहिर निकालेर ,छोरीको बलात्कार गरेका थिए । घटनाको १ घण्टा पछि प्रहरीले पिडित बालिकालाई उद्दार गरेका थिए । मादक पदार्थ सेवन गरेका दोषी लाई प्रहरी ले नियन्त्रण मा लिएको छ ।गिरफ्तार भएका आरोपितलाई कानूनी कारबाहीको दायरामा ल्याएको इन्स्पेक्टर पृथिवी नारायण ओलीले बताए । बालिकाको स्वास्थ्य को उपचार जिल्ला अस्पताल मा भएको र कुनै समस्या नभएको इन्स्पेक्टर ओलीले जानकारी दिएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis