Incident Reports

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिने व्यक्ति प्रहरी नियन्त्रणमा – इन्सेक

2021-07-24

Gandaki, Kaski, Pokhara Lekhnath

धादिङ घर भइ हाल पोखरा महानगरपालिका–९ बस्ने पत्रकार ३३ वर्षीय रन्जन अधिकारीलाई समाचार प्रकाशनको विषयमा धम्की दिएको आरोपमा प्रहरीले नवलपरासी घर भइ हाल पोखरा महानगरपालिका–११ काहुँ बस्दै आएका ३७ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई साउन १६ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले साउन ९ गते फोन तथा म्यासेज माफर्त धम्की दिएको भन्दै व्यक्ति पहिचान गरी कारबाही गरी पाउँ भन्दै नेपाल पत्रकार महासङ्घलाई बोधार्थ दिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा साउन ९ गते निवेदन दिएका थिए ।

साउन ६ गते पोखरा महानगरपालिका–११ स्थित एक विद्यालयको बारे सामाचार प्रकाशन गरे लगत्तै आरोपितले समाचार हटाउ, अन्यथा नराम्रो हुने भन्दै फोन र म्यासेज मार्फत धम्की दिएको उहाँले बताउनुभयो ।

पीडितले घटना बारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि साउन १५ गते नेपाल पत्रकार महासङ्घ कास्कीमा लिखित निवेदन दिएको पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।

घटना बारे जानकारी गराए लगत्तै नेपाल पत्रकार महासङ्घ कास्कीले विज्ञप्ती जारी गर्दैसत्य तथ्य छानविन गर्दै तत्काल कारबाहीको माग गरिएको बताउनुभयो ।

पत्रकार महासङ्घलाई घटना बारे मौखिक जानकारी पहिले नै भएर छलफल भइरहेको भएपनि आधिकारिक रुपमा जानकारी भने पीडितले साउन १५ गते मात्रै निवेदनमार्फत गराउनुभएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments