Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी l

2014-07-24

Bagmati, Sindhupalchok, Tripurasundari

Nati Babu Dhital धुस्कुन गाविस-४ डाँडागाउँकी ६७ वर्षीया एकल महिला विष्णुकुमारी भण्डारीलाई सोही ठाउँका ६० वर्षीय नारायणबहादुर भण्डारीले बोक्सीको आरोपमा मट्टतिेल छर्केर जलाउन खोजेको आरोपमा पीडितले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । आफ्नै घरमा बसिरहेका बेला पीडितलाई साउन १ गते बिहान सोही ठाउँका ओमबहादुर भण्डारीको आदेशमा आरोपितले बोक्सीको आरोपमा मट्टतिेल छर्केर जलाउन खोजेको आरोप छ । आफू बृद्ध भएपछि गाउँलेहरूले बोक्सी भन्दै अपमान गर्ने, मार्ने प्रयास गर्ने गरेकोले साउन ६ गते प्रहरी चौकी पिस्करमा उजरी लिएर जाँदा जिल्लामै जानुहोस् भनेर पिस्कर चौकीका प्रहरीले भनेपछि न्याय खोज्दै जिल्लामा आएको बताइन् । घटनाका आरोपितलाई गिरफ्तार गर्नको मातहत निकायमा पत्राचार भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर बिष्टले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis