Incident Reports

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

2021-08-01

Gandaki, Kaski, Pokhara Lekhnath

कास्की, २०७८ साउन १८ गते  मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१२ अमरसिंहचोक बस्ने सोही महानगरपालिका-१० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ र सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ रहेका छन् । उनीहरुले राम्रो काममा लगाईदिन्छु भन्दै महिलाहरुलाई डरत्रास देखाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट पीडित महिलाहरुलाई मनोपरामर्श गरी प्रहरीले आफन्तको जिम्मा लगाएको छ । उनीहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


0 Comments