Incident Reports

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ | Ratopati

2021-07-06

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।

साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 1
Youth Injured 2
National/Online Media

0 Comments