Incident Reports

बलात्कार घटनाका आरोपित धरौटीमा रिहा l

2014-07-24

Madhes, Saptari, Surunga

Manohar Kumar Pokharel २० वर्षीया एक महिलालाई बलात्कार गरेका आरोपित मधुपट्टी गाविस-३ का २६ वर्षीय देवकुमार सदालाई अदालतले साउन ८ गते धरौटीमा रिहा गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको एकल इजलासले आरोपितसँग ३५ हजार रुपियाँ धरौटी लिइ तारेखमा रिहा गर्ने आदेश भएको अदालतले जानकारी दिएको छ । पीडितलाई ०७१ असार १० गते राति बलात्कार गरेको भन्दै स्थानीयवासीले आरोपितलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार ११ गते जिम्मा लगाएका थिए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असार १४ गते स्वास्थ्य परिक्षण भएको थियो । पीडितकी आमाको मृत्यु भइसकेको छ भने बुबा रोजगारीको सिलसिलामा भारतमा छन् । पीडितका दाजुले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध असार १७ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis