Incident Reports

२५ महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

2021-08-02

Madhes, Saptari, Rajbiraj

काठमाडौं– २५ जना नेपाली महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखच गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावीत्री मुखिया छिन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। उनले कुवेतमा मासिक ३५ हजार रुपैयाँ कमाइ हुन्छ भनी प्रलोभनमा पारी पीडित महिलाको राहदानी समेत आफैंले बनाई श्रीलंका पुर्‍याएर बेचेको ब्यूरोले जनाएको छ।

ती महिलालाई उनले २०७६ फागुन ९ गते काठमाडौंबाट सप्तरी राजविराज पुर्‍याई त्यहाँबाट हनुमाननगर हुँदै दिल्ली पुर्‍याएका थिए। दिल्लीस्थित गणेश राईले लिएको अपार्टमेन्टमा १२ दिनसम्म राखिएको थियो। त्यहाँबाट मुम्बई हुँदै श्रीलंका पठाइएको थियो। श्रीलंकाको कोलम्बोस्थित निलपनागोडठामा बन्धक बनाई राखेको अवस्थामा श्रीलंका प्रहरीले ती महिलाको उद्धार गरेको थियो।

हाल पक्राउ परेकी मुखियाले अन्य २४ जना गरी जम्मा २५ जना महिलालाई यसैगरी श्रीलंका पुर्‍याई बेचेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ। गत असार २२ गते पक्राउ परेकी मुखियालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको छ।


National/Online Media

0 Comments