Incident Reports

धनुषामा रडले कुटपिट गरी लुटपाट :: Setopati

2021-08-02

Madhes, Dhanusha, Dhanusadham, Ward 8

धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५/६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।

विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर्दै उनीहरूले गरगहना र मोबाइल लुटेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

उनका अनुसार मञ्जयले लगाएको ८ तोलाको सुनको औंठी, कामनीको ८ तोलाको मंगलसुत्र र घरधनी विजय यादवकी श्रीमतीले लगाएको ४० तोला चाँदीको कारा र तीन वटा मोबाइल लुटपाट भएको हो। झण्डे १ लाख ८ हजार रूपैयाँ बराबरको सामान लुटपाट भएको प्रहरी निरीक्षक सुवेदीले बताए।

‘चक्कु र रड लिएर उनीहरू आएका थिए। नजिकैका बदमास केटाहरूले लुटपाट गरेको हाम्रो आशंका छ,’ उनले भने।लुटेरा समूहको खोजी गर्दै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports