Incident Reports

वडाध्यक्षले कुटे डोरीले बाँधेरै एक युवकलाई 

2021-08-02

Karnali, Jajarkot, Junichande, Ward 2

जाजरकोट : जाजरकोटमा जनप्रतिनिधिबाटै एकजना सर्वसाधारण कुटिएका छन् । जाजरकोटस्थित जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका हुन् ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईलाई डोरीले बाँधेरै कुटपिट गरेको देख्न सकिन्छ ।

स्रोतका अनुसार सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए ।त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेको हो ।ती युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । अहिले वडाध्यक्षमाथि कारबाहीको माग समेत उठिरहेको छ ।

वडाअध्यक्ष नेपालीले भने ती युवकले पहिले नै घरमा आफ्नो आमाबुबालाई पिटेर आएको र जाँड रक्सी खाएर वडामा भत्ता लिन आएको मानिसहरुमाथि एक्कासी ढुङ्गा मुढा गर्न थालेपछि आफूले ती युवकलाई नियन्त्रणमा लिन त्यसो गरेको बताए । उनले आफूले प्रहरीलाई खबर गरेको र प्रहरी नआउँदासम्मको लागि उक्त युवकलाई नियन्त्रणमा लिएको अवस्थामा केही मानिसले भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्दिएको आरोप लगाए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments