Incident Reports

मानव विकास सूचकांकमा नेपालको सुधार l

2014-07-24

काठमाडौ, श्रावण ९ - मानव विकास सूचकांकमा नेपाल १२ स्थान माथि उक्लिएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) ले बर्सेनि सार्वजनिक गर्ने मानव विकास सूचकांका रिपोर्टअनुसार नेपालले उक्त सुधार गरेर १ सय ४७ औं स्थानमा आइपुगेको हो। नागरिकको शिक्षामा पहुँच, आय र औसत आयुलाई हेरेर तयार गरिने सूचकांक प्रतिवेदनले १ सय ८७ वटा मुलुकलाई समेटेको छ। नेपालको समग्र स्थानमा सुधार आए पनि अझै न्यून मानव विकास सूचकांक समूहमा परेको छ। यो समूहमा ० दशमलव ५४ अंकसहित नेपाल सबैभन्दा माथि छ। एक वर्षअघि नेपालले ० दशमलव ४६ अंक पाएको थियो। नेपालीको प्रतिव्यक्ति आय र शिक्षामा खर्च हुने वर्षमा वृद्धि भएपछि समग्र सूचकांकमा सुधार आएको हो। तर नेपालीको औसत आयु भने घटेको छ। अध्ययनले नेपालीको औसत आयु भने करिब एक वर्ष घटेको देखाउँछ। प्रतिवेदनअनुसार नेपालीकौ औसत आयु एक वर्षअघिको ६९ दशमलव १ वर्षबाट घटेर ६८ दशमलव ४ वर्षमा आइपुगेको छ।

0 Comments

Related Reports
Related Trend Analysis